Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूचना प्रविधि विधेयकविरुद्ध जाग्यो काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइतबार सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ । काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
गएको पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नै संविधानविपरीत आएका विधेयकविरुद्ध पुस २८ गते देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको थियो । सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गरेको काँग्रेस केन्द्रीय समितिको ठहर छ ।
पार्टीको आन्तरिक विवादले पुस २८ को कार्यक्रम स्थगित भएपछि शुक्रबार बसेको काँग्रेस संसदीय दलले आजलाई कार्यक्रम तय गरेको हो । संस्थापन इतर समूहनिकट विभिन्न जिल्लाका सभापतिहरु काठमाडौं आएका कारण पूर्वनिर्धारित समयमा विरोधपत्र बुझाउने कार्यक्रम स्थगित हुने पुगेको थियो ।
पार्टीको निर्णय अनुसार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाउने लागेको नेपाली काँग्रेस काठमाडौंका जिल्ला सिभापति सबुज बानियाँले बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल