Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सूचना संकलनमा सशस्त्र र प्रहरी नै अगाडि

राष्ट्रिय अनुसन्धानलाई जनार्दनले सके, ओलीले मासे
काठमाडौं । गृहमन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागको साथ पाएन । अर्थत् प्रधानमन्त्री केपी ओलीले बढी चलाख हुँदा अनुसन्धान विभाग पंगु बनाइयो । विभागबाट प्राप्त सूचना मुख्यसचिव भोजराज घिमिरे र प्रमका राजनीतिक सल्लाहकार विष्णु रिजाललाई बुझाए पनि उनीहरूले त्यो सूचना प्रधानमन्त्रीसम्म नपु¥याएको कारण राजधानी दिनदिन असुरक्षित बन्दै गएको महसुस गरिएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्जाल दह्रो छ । विप्लव समूहको नेपाल बन्दका बेला पूर्व सूचनाका आधारमा प्रहरी र सशस्त्रकै टिम अग्र मोर्चामा देखियो । त्यो बेला अनुसन्धान विभाग र सेनाका सुराकीलाई फाल्तु गराइयो । पैसा गृहमन्त्री र सचिवले खाँदाको परिणाम हो यो । जनार्दन शर्मा बाठो हुँदा अनुसन्धानको कबर टोली खारेज भयो । त्यो टोली रहँदासम्म अनुसन्धानको रिपोर्ट गृहमा समयमा पुग्थ्यो । सेना, सशस्त्र र प्रहरीको अनुसन्धान ट्याली हुँदा काम हुन्थ्यो । अहिले प्रधानमन्त्री केपी ओलीको टिम सुरक्षा सतर्कता भन्दा दमनमा लागेको छ । प्रहरीको संगठनमा धेरै जान्ने नेताहरूप्रति पूर्वाग्रही पूर्व हाकिम राजेन्द्रसिंह भण्डारी समेत सरकारको व्यवहारमा आक्रोशित छन् । यी भण्डारी खान्न खान्न लोकाचार खान लाग्यो माना चार चरित्रका व्यक्ति हुन् । त्यही कारण सेनाको एन्टीटोरीजमको प्रमुख झंक कठायत, प्रहरी विशेष ब्यूरोका कमल गिरी, सशस्त्रका कृष्णभक्त बज्राचार्यलाई नेकपाको ओली ब्राण्डको यो हैकम मन परेको छैन ।
तैपनि सशस्त्रकै पहलमा नरेफाँटबाट मसाल जुलुसका सामग्री सहितको टोली पक्राउ गरी जुलुस निकाल्न दिइएन । प्रहरीले सुनकाण्डका सारथीहरूलाई विशेष ब्यूरोमा खटाएको छ । अहिले उपत्यकाको मात्र होइन देशभरको सूचना संयन्त्र शसक्त बनाउनु पर्ने अवस्था छ । नेपाली सेनाले पूर्व मण्डले र राजा ज्ञानेन्द्रका सेवकहरूलाई सूचना लिन भन्दै मासिक भत्ता दिएर पालेको छ । उनीहरूको सूचना पत्रपत्रिका केन्द्रीत छ । भारतमा भाजपाका नेता नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा यिनीहरू हर्ष बढाई गर्दैछन् । मोदीले नेपालमा हिन्दू धर्म र राजतन्त्रको वकालत गरिदिन्छन् भन्ने भ्रम सेनामा पनि छ । त्यही कारण पूर्व राजावादी मण्डलेहरूले नेकपा चन्द र ज्ञानेन्द्रकोबीच सम्बन्ध बढाएको दाबी गरेका छन् । उनीहरूको हैसियत ठर्रा खाएर रेड लेभलको गफ गर्ने नै हो । सेनाको एन्टी टोरिजम ब्यूरोका झंक कठायत पूर्व राजा ज्ञानेन्द्रको सेवक भएको हिजो शाहीकालका मण्डलेहरूको विश्वास गर्नेमा पर्छन् । रक्षामन्त्री ईश्वर पोखरेल पनि एमालेभित्रका पूर्व दरबार निकट भएको कठायतको असक्षमताको ख्याल गर्दैनन् । गृहमन्त्री रामबहादुर थापा जस्तो नालायक माओवादीमा थिएनन् । सेनाभित्र कस्तो लुट छ भन्ने कुरा हालै कार्की थरका एक जना कर्णेलको जागिर चट् हुनाले झन् छर्लङ्ग बनाएको छ । काम खोज्ने पैसा गृहमन्त्री र सचिवले खाएपछि कस्तो सूचना आउँछ ? अब सेनाले काठमाडौं निजगढ फास्टट्य्राकभित्रको लुटको कहानी छानविन गर्नु जरुरी छ ।
जहाँ कामभन्दा बजेट समाप्त पारिएको छ । नेपाली सेना व्यवसायिक प्रतिष्ठान र व्यापारी हो ? सूचना संकलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको अग्रताले प्रमको अधिनमा रहेका संस्थाहरू अनुसन्धान विभाग र सेनाको बारेमा बढी टिप्पणी हुन थालेका छन् । किनकि सूचना खर्च गृहमै राखेर मोज गर्ने सडकबाट सूचना सित्तैमा खोज्दा सरकार असफल हुन्छ भन्ने प्रमाण सिंहदरबारसँगै जोडिएको अनामनगरको कुकर बम काण्ड, सुकेधाराको हजाम पसलको विष्फोटले झल्कायो । राजनीतिक पहुँच भएकाले काम गर्न नपर्ने व्यवस्था अहिले पनि राष्ट्रिय अनुसन्धनमा छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेना फरक हो । त्यो पनि सर्ब सक्षम र भरपर्दा छैनन् । सरकारले जसले इमान्दारपूर्वक काम गर्छ, खट्छ त्यसलाई खेद्छ । राष्ट्रिय अनुसन्धान विभाग यसको प्रमाण हो । जहाँ जो सुकै प्रमुख बनोस् देवीराम शर्मालाई बिर्साउने हैसियतका भएनन् । जसले काम गर्छ त्यसलाई देवीरामको निकट भन्दै खेदिन्छ । अहिलेका गणेश अधिकारी एमाले पथमा लागेर त्यही गर्दैछन् । चन्द पक्षकै कार्यकर्ता त्यहाँ छन् । उनीहरूले राज्यलाई सूचना दिँदैनन् किनकि धम्की दिने र लुट्ने चन्दको क्रान्तिकारीता हो । कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि भनिन्छ । अधिकारको हैसियत बामदेवकी जय भन्ने नै हो । खड्ग ओलीको चेम्बरमा गएको यो संगठनले सूचना कहाँ पाउँछ ? जहाँ अधिकांश काँग्रेसले भर्ति गरेकाहरू जिल्ला प्रमुख छन् । खटेको सेवा सुविधा छैन । प्रम कार्यालय, अख्तियार, अदालत, सेनासम्मले भत्ता खाए । राष्ट्रिय अनुसन्धान विभाग टुहुरो बाच्छो बनाएर कसले खोज्छ सूचना ? आफैं सुगरले धडेका अधिकारीले आफ्नो संगठनलाई कसरी विश्वस्त सूचनामुखी बनाउनुपर्छ जानेका छन् । तर प्रम ओलीको विश्व ब्रमाण्ड जितेको हुँकारलाई नेत्रविक्रमले देशव्यापी छ्यास पारेको तीनका प्राविधिक सल्लाहकारले कति बुझे ?
प्रहरीलाई पंगु बनाइँदै
प्रहरी प्रशासन किन पंगु भयो के छ यहाँ कमजोरी, राजनीति, जातिवाद वा पूर्वाग्रह ! तर अहिले प्रहरी शिथिल छ । प्रहरीले शान्ति सुरक्षाको सवालमा जनताको विश्वास जितेकै छैन । काठमाडौं परिसरको कमाण्ड होस् वा महानगरीय प्रहरी अहिले भुत्ते भएका छन् । होटल, लज छिरेर यौन व्यवसाय चलाउनेहरूलाई समातेर दुई दिन रमाइलो होला तर राष्ट्रको स्पष्ट नीति नहुँदा यो धन्दा लुकामारी खेल्छ प्रहरीले होटल तथा लजबाट आम्दानी पनि गर्छ । राजधानीका कुनै स्थान छैन् जहाँ चोरी, लुटपाट नभएको होस् । तर बसोबासका दृष्टिले महत्वपूर्ण ठानिएका सबै प्रभाग तथा वृत्तहरू पंगु भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई, जनजातिप्रेमी भएकाले पनि प्रहरीलाई श्याम राईहरूले कमाईको हतियार बनाएकै छन् । मनोज न्यौपानेको कमाण्ड हुँदा जस्तो सशक्त शैलेश थापा रहँदा छैन भन्नेहरू प्रहरीमै छन् । राजनीतिक दबाव र हस्तक्षेपले ग्रस्त प्रहरी कठै भन्नु पर्ने अवस्थामा छ । आजको प्रहरी हिजोको जस्तो लथालिंग भएर कसरी सातै प्रदेशको कमाण्ड हुन्छ जबकि त्यहाँ आवश्यक एआईजी दरबन्दी काटेर कमाण्डको पनि खाँचो बनाइयो । सरकारले काम पाएन र राष्ट्रिय अनुसन्धानका दुई उच्च पदस्थ हाकिमहरूलाई बर्खास्त गर्न तम्सियो । फौजी संगठन फौजको तजबिजले चल्न दिए पो शसक्त हुन्छ । गुण्डागर्दी, चोरी, हत्याजस्ता अपराधमा राजनीतिक हस्तक्षेप छ । त्यो हस्तक्षेपले प्रहरीको संरचना शिथिल बन्दैछ । जस्तोसुकै व्यवसायी कमाण्ड भए पनि अहिलेको प्रहरी पंगु भएको छ ।