Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेनापति लेबनान तिर

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै आज लेबनान प्रस्थान गरेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । शर्माले सिरिया स्थित UNDOF को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुको बारेमा जानकारी लिनेछन् । भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेबनान र सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ । शर्मासहितको टोली आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।