Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेनाभित्र राष्ट्रघाती राणा गिरोह

लद्दाखको गलवान क्षेत्रमा भारत र चीनको भिडन्त र भारतीय सेनाका सहसेनानी कर्णेलसहित २० जनाभन्दा बढी भारतीय सेनाको मृत्युपछिको भारत–चीन तनाव पछिल्लो पटक भारतीय सेनाभित्र प्रभाव जमाएको सीआईए लबीकै कारण पुनः चर्किन थालेको थियो । यही अवस्थामा रूसको मध्यस्थतामा मस्कोमा भारत र चीनबीच सम्वाद भएपछि समस्या समाधानउन्मुख मार्गतर्फ अघि बढेको सहजै अन्दाज गर्न सकिन्छ । पश्चिमाहरूले भारतलाई उक्साएर चीनसँग भिडन्त गराउने र युद्धमा धकेलेर आफ्नो प्रभाव कायम राख्ने योजनामा धक्का खाएको छ । यसरी सन् १९९० पछि विघटन भएको सोभियत सङ्घ नयाँ भूमिकासहित विश्व राजनीतिमा देखा परेको छ । गत भदौको अन्तिम हप्तायता इस्लामिक राष्ट्रमध्येको शक्तिशाली मुलुक इरानले चीनसँग आर्थिक मात्र होइन, सुरक्षा सम्झौता नै गर्यो ।

सिरियामा बसर अल असदलाई सद्दाम हुसेन या कर्णेल गद्दाफी बनाउने अमेरिकी योजनालाई रूस र इरानले असफल मात्र बनाइदिएनन्, सिरियाबाट मात्रै होइन, टर्कीबाट समेत अमेरिकीहरू लखेटिन पुगे । यसबाट घाइने बनेको अमेरिकाले इरानका सैनिक जनरल सुलेमानीको हत्या गरायो । त्यसको प्रतिरोध दीर्घकालीनरूपमा नै गर्ने रणनीतिका साथ इरानले चीनसँग आर्थिक र सुरक्षा सम्झौता ग¥यो । यता, भारतको सबैभन्दा ठूलो तेलको व्यापारिक साझेदार इरान चीनसँग पुग्यो । इन्दिरा गान्धीकै समयमा कुनै समय २० वर्षे सुरक्षा सम्झौता रूससँग भएको थियो भारतको । यसरी भारतलाई एकातर्फ इरान र अर्कोतर्फ रूसले घेरिसकेपछि अमेरिकी कित्ताबाट चीनसँग भिडाउने पश्चिमी योजना असफल भएको छ । रूसको प्रभाव भारतदेखि सिरिया, टर्कीसम्म बढ्दै गइरहेको र निर्णायक बनिरहेको अवस्थामा चीनको प्रभाव इरान, पाकिस्तान र अफगानिस्तान जस्ता इस्लामिक राष्ट्रहरूमा बढ्दै गइरहेको अवस्थामा अमेरिकी प्रभाव कमजोर हुँदै गइरहेको देखिन्छ । यो अवस्थामा नेपाललाई केन्द्र बनाएर पश्चिमाहरूले चीन घेर्न भारतलाई आधार क्षेत्र बनाएर खेल्न खोजेको षड्यन्त्र आफैँमा अपाङ्ग बन्दैछ ।

नेपालमा पश्चिमाहरूको प्रभाव वि.सं. १९०३ को कोतपर्वमार्फत् कब्जा गरेर राज्यसत्तालाई नै धक्का दिन पुगेको अवस्था हो । ब्रिटिसहरूले सन् १९४७ मा भारत छाडे पनि ब्रिटिस मेसिनरीले अमेरिकी साम्राज्यवादलाई केन्द्र मान्दै आइरहेको छ । विशेष गरेर नेपालमा कथित नेपाली सेनामा तिनै ब्रिटिसपरस्त राणाहरूको प्रभाव थियो भने तिनै राणाहरूको घेरामा शाह राजाहरू थिए । जब शाह राजाहरूले इन्डो–पश्चिमा घेरा क्रस गर्न खोज्दछन्, राणाहरूमार्फत् सैनिक घेराले हत्या गर्दै आयो । राजा महेन्द्र र वीरेन्द्र परिवारको हत्या त्यही अवस्थामा राणाहरूमार्फत् भएको थियो । राजा त्रिभुवनले राणाहरूसँग सम्बन्धविच्छेद गर्न खोजेका थिए । राजा महेन्द्रले रत्नराज्यलक्ष्मी राणासँग विवाह गर्न खोज्दा त्रिभुवनले अस्वीकार मात्र गरेका थिएनन्, उक्त विवाहमा आफू अनुपस्थित भएका थिए । एकातर्फ दरबारभित्र महेन्द्रमार्फत् भित्रिएका राणाका छोरीहरू थिए भने सेनामा राणाका छोराहरू । कोतपर्व गर्दा जङ्गबहादुर राणा थिए भने राजा महेन्द्रसँगसँगै रत्नराज्यलक्ष्मी राणा थिइन् भने वीरेन्द्रको वंश विनाश हुँदा प्रज्ज्वलसमशेर राणा प्रधानसेनापति थिए । सेनाभित्रको यही राणा गिरोह नै नेपालको राष्ट्रघाती र देशद्रोही गिरोह हो ।

नेपालमा राजतन्त्रको विस्थापनपछि भारत र अमेरिकाले आफ्नो पूर्ण पकड रहेको ठानेका थिए । चीनको सशक्त उपस्थितिपछि भारतको मात्र होइन, अमेरिकीहरू पनि नेपालमा ओरालो लाग्ने क्रम छ । एमसीसी भित्र्याउने षड्यन्त्रमा सेनाको नेतृत्वदेखि पञ्चायतदेखि नै जेलमा बसेर जेलका बन्दीहरूको सूचना पञ्चायती राज्यसत्तालाई बिक्री गर्दै आइरहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम कसरत गरिरहेका छन् । स्मरण रहोस्, मदन भण्डारीको हत्या पनि प्रधानसेनापति गडुलसमशेर जबराको समयमा भएको थियो । मदन हत्यापछि नै माधव नेपाल र केपी ओलीको राजनीतिक उदय भएको थियो । यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीमा मरिहत्ते गर्नुको कारण मदन हत्या गर्नेहरूको ऋण तिर्ने अन्तिम प्रयत्न पनि हो । तर यो पिसाबको न्यानोबाहेक परिणाम केही पनि हुने छैन । रूसको मध्यस्थतामा भारत–चीन सम्झौता र इरानको चीनसँग सुरक्षा सम्झौताका पछिल्ला घटनाहरूको प्रभाव भनेको नेपालमा पनि पश्चिमाहरूको स्पेस अब रहने छैन । त्यसको लागि ओली गिरोहको सीआईए मिसन असफल बनाउँदै नाम मात्रको नेपाली सेना र सारको अमेरिकी सेनालाई चौतर्फी जनताको बीचमा नङ्ग्याएर घेराबन्दी गर्दै पश्चिमा इसाई साम्राज्यवादलाई असफल पारिदिनु हो । भारतलगायतका क्षेत्रमा रूसको प्रभाव बढाउँदै लैजानु र इस्लामिक राष्ट्रमा चीनको प्रभाव बढ्दै गइरहेको अवस्थामा एमसीसीमार्फत् अमेरिकी हित र इसाईको रक्षा गर्छु भन्ने ओली, काँग्रेस र सेनाको पर्दाभित्रको षड्यन्त्र निभ्ने बेलाको चहकिलो बत्ती जस्तै समाप्तिको यात्रा हो ।

यो अवस्थामा जातीय र साम्प्रदायिक भड्काव सिर्जना गर्न खोज्ने एनजीओ, आइएनजीओ र युरोपेली चर्चबाट पालित पोषित छद्मभेषी दलालहरूको नेपालमा लुक्ने ठाउँ पनि हुने छैन । नेपाल वैदिक कालदेखि नै हिम्वत् खण्डको शिर हो । हिन्दू र बौद्ध सभ्यताको केन्द्र हो । गोरखनाथ, मच्छिन्द्रनाथ, भैरव र देवीहरूको तन्त्रको शक्तिले निर्माण भएको देश हो । यसलाई समाप्त गर्ने गिद्दे नजर लगाएका पश्चिमा र तिनका मतियारहरू आर्यघाटमा खरानी बन्नुको विकल्प छैन । यस कारण ओली गिरोहले सीआईए एजेन्डाको रक्षा गर्न खोज्नु हुटिट्याउँले आकाश थेग्ने परिकल्पना गरे जस्तै हो, सबैलाई चेतना भया ।