Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेना बिनाका सेनापति

काठमाडौं । सर्वाधिक चासो रहेको काठमाडौं महानगरमा काँग्रेस र एमालेले गतिलो उम्मेदवार प्रस्तुत नगर्दा लौरोका उम्मेदवार बालेन साहले मेयर पद जिते । देशको प्रमुख कार्यकारी सरहको पद महानगरको मेयरमा भिजन भएको नेता नहुँदा एमालेले केशव स्थापितलाई अगाडि सा¥यो । काँग्रेसले पारिवारिक विरासतबाट निष्ठावान चरित्र सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाउँदा ठूला दलहरूप्रति जनताको वितृष्णा जागेको पत्ता पाएनन् । इञ्जिनियर तथा ¥यापर बालेन साह छ महिनादेखि तयारीमा थिए । उनले पूर्व प्रशासक वातावरण विद् आर्थिक विश्लेषण, विकास क्षेत्रका विज्ञ, शहरी क्षेत्रका ज्ञाताहरूसँग परामर्श लिँदै चुनावको तयारी गर्दा धेरैले पत्याएनन् । तर मेयर बालेनले लैजाने, उपमेयर पनि त्यस्तै युवतीले कब्जा गर्ने अवस्था आयो । उनी एमाले थिइनन् । सेना बिनाका सेनापति बालेनलाई असफल बनाउने योजना भनेको यहाँको फोहोर दीर्घकालिन रूपमा समाधानको बाटो खोज्ने, ढल, खानेपानी भद्रगोल स्थ्तििका तार व्यवस्थित गर्ने, संस्कृति, सभ्यता, मठ मन्दिर संरक्षण, गुठी तथा सार्वजनिक सम्पत्ति नागरिक सेवा सक्रिय गराउना साथ बालेनको काम देखिन्छ । तर नगरपरिषद्मा बालेनलाई अप्ठ्यारो पार्ने अवस्था आयो भने उनको विकल्प खोज्नु पर्ने हुन्छ । जनताले मत दिएर जितेको मेयरलाई काठमाडौं भित्रका जनताको साथ हुन सक्छ । काठमाडौंका रैथाने समाजले मतदानमा सक्रिय बन्न सकेनन् किन ? यसको खोजी गर्ने फुर्सद एमालेको दम्बकारी र काँग्रेसको सुस्त नेतृत्वलाई छैन ।
गठबन्धनको चर्को विरोध गर्ने, काँग्रेस विना प्रजातन्त्र जोगिँदैन भन्ने डा. शेखर कोइराला र गगन थापाको लोकतन्त्रको लौरो इञ्जिनियर बालेनले समाउँदा स्थानीय सरकार चल्छ कि चल्दैन जनताले प्रश्न गर्छ । किन डा. शेखर र गगन सिर्जनालाई जिताउन लागेनन् भन्ने कुरा उनीहरूभित्रको सर्किणता प्रमुख हो । काँग्रेसका डा. शेखरलाई प्रकाशमान र विमलेन्द्रले सघाएको भए महाधिवशेनबाट सभापति पद पाउँथे । तर राष्ट्रिय राजनीतिमा ठूलो फेरबदल हुन्थ्यो । डा. शेखर एमालेका केपी ओलीसँग सम्बन्ध यस पटक पनि दरिलो छ । उनलाई संघीय संसद जित्न एमालेले मोरङ चारमा यस पटक लालबाबुमाथि षड्यन्त्र गर्दैछ । ओली र शेखर दुवै भारतीय सत्ताका निकट हुन् । यस पटक काँग्रेसको बहुमतले गरेको निर्णयको कार्यान्वयन डा. शेखर, धनराज, विश्वप्रकाशले कतै पनि गरेनन् । तर गगन थापाले भाषण गर्दा काँग्रेसलाई चुनाव जित्न अरुको सहारा लिन पर्दैन । तर देशको परिस्थितिअनुसार भएको गठबन्धनलाई स्वीकार्नुको विकल्प छैन भनेका थिए । जतिसुकै बोलक्कड र काँग्रेसवादी भए पनि गगन थापाको घर भएको वडामा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ । एमालेका विद्या सुन्दर शाक्यको नालायकीले काठमाडौं गुम्यो, केन्द्रीय तहको अहंकारले पोखरा त्यसरी नै गुम्दैछ । ११ उपमहानगमध्ये दाङको घोराहीमा एमालेले चित्त बुझाउनु परेको छ । सेना बिनाका सेनापतिले राजधानीको शासन गर्दा विज्ञ समूह सहयोगी बन्दैछ ।
राजधानीमा माओवादी घट्दो
प्रदेश तहमा माओवादी कमजोर भएको गण्डकी र सुदूर पश्चिम हो । यस पटक प्रदेश २ मा जनमत भएर पनि मातृका यादव र गिरिराजमणिका कारण धनुषा र महोत्तरी माओवादी ध्वस्त बनाइएको छ । यसको असर उनीहरूलाई नै संघीय चुनावमा पर्छ । लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी एमालेकै हाराहारीमा छ । तर शहरी क्षेत्रमा माओवादी कमजोर छ । काठमाडौंमा माओवादी कमजोर बन्नुमा इञ्चार्ज, सहइञ्चार्ज, पार्टी अध्यक्ष, आयातितहरूलाई अटाउनु हो । स्वार्थको पद लिँदा सहिद परिवार र बेपत्ता परिवारको ट्याग लगाउने पार्टीलाई ध्यान नदिने स्वार्थी टिमका कारण माओवादी काठमाडौंमा खस्किएको हो । यस पटकको चुनावमा बनेको गठबन्धन स्वार्थमा केन्द्रीत भएकोले काँग्रेससँग माओवादी मिल्दा पनि काठमाडौंमा सफल भएन । माओवादीले प्रमुख, उपप्रमुख नजितेका काठमाडौं, कास्की, नवलपरासी पूर्व, पश्चिम, इलाम, झापा, सिराहा, धनुषा, पर्सा, बाजुरा रहेका छन् ।