Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा १४.४४ अंकको गिरावट, सवा अर्ब पनि पुगेन कारोबार

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । हिजो झिनो अंकले सुधार देखिएको बजार आज पुनः दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सका अनुसार आज बजार १४.४४ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३८.६२ अंकमा झरेको छ ।
आज २५३ कम्पनीका ३७ लाख १६ हजार ६ सय ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८ सय ८२.६५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि यूनिक नेपाल लघुवित्त र शुभम पावरका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी किसान लघुवित्त र बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ५.९० र ५.२२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि एनआईसी एशिया बैंककै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३।१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १०.७५ रुपियाँ, सोमबार २४.६८ अंकले बजार घट्दा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५.१६ रुपियाँ र हिजो मंगलबार १.८५ अंकले बजार बढ्दा १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३ सय ५७।९१ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल