Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा २०.१६ अंकको गिरावट, दुई कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २३ कम्पनीको सेयर मूल्य बढेको भने २१० कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक ८.९७, विकास बैंक ४५.१६, वित्त कम्पनी २५.५३, होटल १५१.६७, जलविद्युत ३२.२९, जीवन बीमा १४१.३६, उत्पादन तथा प्रशोधन ३३.३०, माइक्रोफाइनान्स २७.५२, निर्जीबन बीमा १४९.७६, अन्य समूहको उपसूचक ९.४४ अंकले घटेको छ ।
कारोबारमा भगवती हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट, एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले कमाएका छन् । यस्तै सिटि होटल, बाराही हाईड्रोपावर, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा अग्रस्थानमा लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर रहेको छ । कम्पनीको १६ करोड ३८ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबिआई बैंक रहेका छन् ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल