Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा २५ अंकको हरियाली, ब्याजदर घट्ने अनुमानले लगानीकर्ता सकारात्मक

काठमाडौं। पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको सेयर बजार बुधबार बढेको छ। सोमबार र मंगलबार ५.५२ अंकले घटेको बजार बुधबार बढेको हो।
बजार मापक सुचक नेप्से २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमाथि आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.२८ अंकले बढेको छ।
ब्रोकरहरुका अनुसार, बजारमा तरलता अधिक मात्रामा बढेको छ। ब्याजदर घट्न सक्ने अनुमानले लगानीकर्ताहरु सकारात्मक हुँदा बजार बढेको हो।
‘पछिल्लो केहि समय असार मसान्तको भार बजारमा परेको थियो। आजबाट केहि कम भएको छ। बजारमा तरलता अत्याधिक छ। अझै बढिरहेको छ। त्यसैले साउन महिनामा निक्षेप र कर्जाको व्याज निकै सहज हुन्छ भन्ने अनुमान लगानीकर्ताहरुको छ । त्यसैले गर्दा आज बजारमा सुधार देखियो’ एक ब्रोकरले भने।
आज बढेको बजारले जलविद्युत क्षेत्रका लगानीकर्ता लाभान्वित बनेका छन्। जलविद्युत क्षेत्र ४.४१ प्रतिशतले बढ्यो । जुन् अन्य १२ उपसमुहकरुको तुलनामा सर्वाधिक बढी हो। आज कारोबारमा आएका जलविद्युत क्षेत्रका कम्पनीहरु मध्य ७८ कम्पनीको सेयर मूल्य बढेको छ। आज यसै क्षेत्रको शिव श्री हाइड्रोपावर र रिभर्स फल्स पावर कम्पनीको सेयर मूल्य क्रमश १७ रुपैयाँ र २३.९० रुपैयाँले बढेको छ।
सेयर किनबेच बढ्दा मंगलबारको तुलनामा कारोबार भने बढेको छ। आज ३ अर्व १८ करोड बराबरको सेयर कारोबार भएको हो। कारोबारका आधारमा आज पनि शिवम् सिमेन्ट अग्र स्थानमा छ। कम्पनीको ३३ करोड ९३ लाख बराबकरो सेयर कारोबार भएको हो।
यस्तै हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको पनि ९ करोड २३ लाख बराबकरो सेयर किनबेच भएको छ।


सम्बन्धित समाचार