Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.६१ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१९.९३ अंकमा ओर्लिएको छ ।
आज २६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५ सय १५।७५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि तीन लघुवित्त कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
आज यूनिभर्सल पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५ सय ८४।६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४.५५ अंकले बजार बढ्दा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६.१३ रुपियाँ र हिजो सोमबार ३.६५ अंकले बजार घट्दा १ अर्ब ७९ करोड ३७ लाख ३६ हजार ३ सय ६५.८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल