Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी सिप्रबी सेक्युरिजिका महाप्रबन्धक हुन् ।श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको छ । प्रहरी स्रोतका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै श्रीवास्तव विरुद्ध ठगीको उजुरी गरेका हुन् । सो विषय अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल