Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले सेयर बजार र घरजग्गा कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत आर्थिक विधेयकमार्फत आयकर ऐन संशोधन गर्दै सरकारले लाभकरको दर वृद्धि गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा पेश गरेको आर्थिक विधेयकअनुसार अब सेयर कारोबारबाट प्राप्त नाफामा लगानी अवधिअनुसार बढी कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय धारण गरिएको सेयर बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो।
त्यस्तै, एक वर्ष वा सोभन्दा कम अवधिमा खरिद–बिक्री गरिएका सेयरबाट प्राप्त नाफामा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। हालसम्म यस्तो कारोबारमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो।
सरकारले घरजग्गा कारोबारमा पनि समान रूपमा लाभकर वृद्धि गरेको छ। पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्रीबाट प्राप्त नाफामा अब ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत कर तिरे पुग्थ्यो।
त्यसैगरी, पाँच वर्षभन्दा कम अवधिको स्वामित्व रहेको घरजग्गा बिक्रीबाट प्राप्त नाफामा लाग्ने पुँजीगत लाभकर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ।
सरकारको यो निर्णयले सेयर बजार तथा घरजग्गा क्षेत्रमा हुने अल्पकालीन तथा दीर्घकालीन लगानीबाट प्राप्त आम्दानीमा करको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, लगानीकर्ताहरूले भने यसलाई थप करभारका रूपमा हेर्ने सम्भावना रहेको छ।
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १५
ताजा नेपाल