Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर वजारमा २४.४४ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार २४.४४ अंकले तल झरेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९५.४९ अंकमा झरेको छ ।
बजार तल झरेसँगै कारोबार रकम समेत घट्दै गएको छ । आज २५७ कम्पनीका ३७ लाख २९ हजार ९ सय ७६ कित्ता शेयर किनेबच हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४ सय २४।६३ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आदर्श लघुवित्त वित्तीय संस्थामा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.६१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५.८० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
हिजोमात्रै विद्युत नियमन आयोगबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएपछि आज त्यसको असर देखिएको हो ।
साताको पहिलो दिन आइतबार ४.५५ अंकले बजार बढ्दा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६.१३ रुपियाँ, सोमबार ३.६५ अंकले बजार घट्दा १ अर्ब ७९ करोड ३७ लाख ३६ हजार ३ सय ६५.८४ रुपियाँ र हिजो मंगलबार ३.६१ अंकले बजार घट्दा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५ सय १५.७५ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार