Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सोनिया पनि अस्पताल भर्ना

एजेन्सी । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गत फेब्रुअरी २ मा पनि उनलाई पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भरिएको थियो । उनलाई बिहीबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।