Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्टाफमा कोरोना देखिएपछि निदान अस्पतालमा सिल

ललितपुर । एक जना स्टाफलाई कोरोना संक्रमण देखिएपछि ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो । मंगलबार राति कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया (नर्स) युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि उक्त प्रतिष्ठानमा सिल गरिएको हो ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुर मा बस्ने उनको हिजो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका कारण प्रतिष्ठानलाई सिल गरिएको हो ।


सम्बन्धित समाचार