Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थगित भएको एसईईको प्रश्नपत्र प्रहरीको सुरक्षामा

काठमाडौं­ । आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले एसईई परीक्षा स्थगित गरेको थियो । तर केन्द्रमा प्रश्नपत्र तथा कपिहरुसमे पुगिसकेको अवस्थामा विद्यार्थी र अभिभावकले कतै प्रश्न पत्र आउट त हुने होइन भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
यसैबीच एसइईका लागि छापिएका प्रश्नपत्र प्रहरी कार्यालयमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिनसकेको जानकारी दिए । परीक्षाका लागि छापिएका करिब ५१ लाख थान प्रश्नपत्र स्थानीय प्रहरी चौकी तथा प्रशासन कार्यालयहरूमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । प्रश्नपत्र प्रहरीको सुरक्षा घेराभित्र रहेका कारण चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पछि हुने एसइई परीक्षामा नयाँ प्रश्नपत्र प्रयोग हुन्छ कि भन्ने प्रश्नमा उनले यसबारे कुनै निर्णय नभएको बताए । बिहीबार बस्ने सचिवस्तरीय बैठकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।
यस वर्षको एसइई परीक्षामा चार लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सहभागी हुँदै छन् भने देशभर १९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । अब अर्को सूचना प्रकाशन भएपछि परीक्षा सञ्चालन गर्ने सरकारले जनाएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल