Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थायी समितिबाट ओली किन भागे ?

काठमाण्डौ । सत्तारुढ दल भित्रको लडाई गुटकै सेरोफेरोमा चर्कीदैजादाँ नेतृत्वले सचिवालय बैठकमा भएका निर्णयहरुमा समेत वास्ता गर्न छाडेको संकेत देखियो । सिंगो पाटीलाई भन्दा गुटलाई महत्व दिने नेताहरुको प्रवृतिको कारण केन्द्रमा पाटी रहनु पर्नेमा गुटमा सिमीत हुन पुग्यो । एकिकृत पाटीको संरचनालाई महत्व नदिई गुटमा परिणत गर्दा वर्तमान सरकार र नेकपाको नेतृत्वले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना विरुद्धको लडाईमा समेत ध्यान केन्द्रित गर्न सकेको देखिएन । संसदको बजेट अधिबेशन संवैधानिक रुपमा संचलन गर्नु पर्ने बाध्यता भएका कारण सांसदहरुलाई स्वास्थ्य परिक्षण जसरी गराइयो त्यो रुपमा कोरोना माहामारी फैलिएका विरगंन्ज नेपालगंज उदयपुर जस्ता ठाउँमा आवश्यक स्वास्थ सामाग्रीको अभाव देखियो । सरकार गरिब र निमुखाहरुको लागी होइन धनाढ्य को लागी हो भन्ने प्रवृति पनि यति खेरै देखियो । गरिबको चुल्यो निभेको छ । रोग विरुद्ध प्रयोग गर्ने औषधि छैन व्यतmी आफै सर्तक हुनु पर्ने अवस्थामा सत्ता र पहुचका आधारमा स्थानीय प्रशासन स्थानीय सरकार र प्रदेश सरकारहरुको तजविजले बितरण गरिएका यातायात सन्चालन पास मार्फत अनुसासन हिनताको संदेश पनि दिइयो ।
जुन औषधि को प्रयोजनमा संका छ त्ही औषधी र स्वास्थ्य सामाग्री भिडाउन संघिय सरकारको स्वास्थ्य मन्त्रालय संग जोडीएका कर्मचारीहरु र राजनितीक कर्मीहरु संक्रृय छन् । भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्री ओली आफ्नै टिम भित्रका कोरोका खन्चुवा हरुको हर्कत बाट टाढा बन्दैछन् । कम्यिुनिष्ट पाटीको बदनाम गरेर आफु कमाउने चरित्र हरुले लकडाउन थप्दै राज्य कोष लुट्दै मस्ती गर्दा वास्ता नगरेको बालुवाटारले जारी संसद अधिवेशनमा कति घेराउ पनु पर्ने हो बुझेको छैन । सचिवालयबाट भएका निणर्यलाई अध्यक्ष र प्रधानमन्त्रीको नाताले केपी ओली ले जसरी तोडी रहेका छन् त्यसै गरी संवृदि र विकासको उनको नारालाई उनकै सचिवालयका छाउरा र डेडुहरुले तोडीरहेका छन् । सरकारले चैत्र ११ बाट देशलाई लकडाउमा राख्यो यो अवधिमा भएका आर्थिक गतिविधिका रवैयाहरु पच्य हुन सकेनन् । विदेशमा रहेका नेपाली हरुको बारेमा सरकार सचेत भएपनि व्यवहारमा सरलता देखिएन ।
केन्द्रिय सरकार र प्रदेश सरकार मात्र होइन स्थानीय सरकारको समेत आफना नागरिकहरु प्रतिको जिम्मेवारी देखिएन।मतको आधारमा भोकमरीलाई दाज्ने गलत प्रवृधि तिनै ले देखाए जो हिजो तत्कालिन एमालेको टिकट लिएर नगर प्रमुख र वडा अक्ष्यक्ष भएका थिए । पाटी नेतृत्वको निर्देशन पनि आएन प्रधानमन्त्री को हैसियतले भोको जनतालाई पेट भर्न दिलाइने राहतमा कुनै भेदभाव नगर कम्यिुनिष्ट पाटी भनेको गरिब किसान मजदुर र सुकुम्बासीहरुको हो भन्ने आट पनि ओली बाट देखाइएन । पाटी र सरकार बिच समन्यय नहुदाँ सरकारका कार्यक्रम हरुलाई पाटीको तर्फबाट साथ दिने व्यवस्था गर्नै सकेन । राष्टिय माहामारीको बेला नेताहरुलाई आफ्नो पद र कुर्चीको पिडानै महत्व बन्यो । स्थायी समीतीको बैठक बसेको भए सरकारको कमीकमजोरी हरुको टिप्पणी हुन्थ्यो । नेतृन्वले गरेका गल्ती लिपीबद्ध रुपमा प्रस्तुत हुन सक्थे । पाटी र सरकार विचमा वलियो संयन्त्र बन्न सक्थयो । तर प्रधानमन्त्री के.पी ओलीेको आफ्नो पद जोगाउनको निमीतm उनले चुनावमा जनताले नपत्याएका बामदेब गौतमलाई कोरोना कहर पछिको प्रधानमन्त्री भनेर उधारो प्रस्ताव पाटी सचिवालय बैठकमा राखेकै थिए । जबकी गौतमलाई राष्टिय सभामा राष्टपतिद्धारा मनोनित गर्नु पर्ने सांसद पदको निमितm उनले सिफरिस नगरेको यथार्थता सबैका सामु छर्लग्ग छदैछ ।
गुटलाई महत्व दिदाँ प्रधान मन्त्री ओलीले २ वर्षे कार्यकालमा जस पाउन सकेनन् । भाषण गर्न जति सजिलो छ कार्यन्ययन गर्न कठिन छ ।उनी बोलीदिनछन् काम गर्नु पर्ने निकायहरु र उनको सचिवालय ले न त निगरानी गर्छ नत चासो दिन्छ नितीगत भ्रष्टाचारमा रमाई रहेको प्रम ओलीको टिम भित्रै उनको बदनाम गर्ने एैजेरुह्रु रहेका छन् । तिनकै कुरा सुनेर अध्यक्ष ओली देश भरका ७५०००० कार्यकर्ताहरुको विश्वास माथि प्रहार गर्न तम्सीदै छन्। आफ्नो स्वास्थले नसकेपछि जिम्मेवारी अरुलाई सुम्पनु जति बुद्धीमानी हुन्छ त्यही रुपमा गतिहिन पाटी र असक्षम सरकारको नेतृत्व लिई रहदाँ देशलाई त घात हुने नै भयो जनता र कार्यकर्ता माथि समेत अन्त्ररघात हुने भयो भन्ने ज्ञान दिने कसले ?विधि र प्रकृयाको कुरा गर्नेले पद्धती र संगती मिलाउन जानेन भने उसका भनाई र गराई को विश्वास हुदैन । कतै नेकपा र ओली को नेतृत्वले राष्ट जनता र कार्यकर्ताको सर्वेपरियता भन्दा आफनै गुट र घेरा बन्दिलाई महत्व दिएको त छैन ?उदारो प्रमका हकदार बामदेव गौतमको पक्षमा कार्यकर्ता पंती देखिदैन किनकी ५ वर्ष पाटीको जिम्मेवारीमा टिक्न नसक्ने ठुलो पद र सरकारी सुविधामा मरिहत्तेगर्ने नेताहरु प्रति जनमत बन्दैन। उनको निमितm सासंद पद छाडी दिने कुनै बाहादुर नदेखिनुको कारण वर्तमान नेतृत्वको पद भ्रष्ट सत्ता लम्पट चरित्रको चिनारी हो । यहाँ अध्यक्ष प्रचन्ड वरिष्ट नेताहरु माधव नेपाल झलनाथ खलान बामदेव गौतम मात्र दोसी छैनन् । प्रधानमन्त्रीको सचिवालय र उनको गुट भित्र रहेका नाइके तथा भाई नाइके हरु पनि दोसी छन् ।


सम्बन्धित समाचार