Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थायी समिति छाडेर शीतल निवासतिर लर्को किन ?

 

काठमाडौ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खानासहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दिनुपरेको छ । उनीहरु पार्टीको बैठकस्थलमा ढिला पुगेपछि किन ढिला भन्दै शीर्ष नेताहरुले प्रश्न गरेका थिए । जवाफमा नेताहरुले राष्ट्रपतिले बोलाएकाले भेट गरेर आउँदा केही मिनेट ढिला भएको जवाफ दिएका थिए । त्यसपछि बैठकको कामकारवाही सुरु भएको थियो ।

राष्टपति कार्यलयबाट नेकपाका नेताहरुलाई छुट्छुटै फोन गरेर बोलाएपछि नेताहरु बिहान शीतल निवास पुगेका थिए । तर भेटवार्ता भने सामुहिक गरिएको थियो । भेटमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे नेताहरुसँग चासो राखेकी थिइन् ।

भेटवार्तापछि राष्ट्रपति भण्डारीले खाना खाएर जान नेताहरुलाई आग्रह गरेकी थिइन् । राष्ट्रपति भण्डारीले जारी स्थायी समिति बैठकबारे कुनै चासो नदेखाएको पनि भेटमा सहभभागी नेता देवेन्द्र पौडेलको दावी छ । उनले आफुहरु २५ मिनेट मात्रै ढिलो बैठकस्थल पुगेको बताए । राष्ट्रपति भेट्न नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत शीतलनिवास पुगेका थिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल