Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रेबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।
बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबाीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पmत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।


सम्बन्धित समाचार