Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका(८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका(१६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा।२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँ सहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल