Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वस्तिमा र सुपुष्पाको चपली हाइट ३

नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गर्दा व्यापारिक रुपमा पनि सफलता पाउने भएपछि निर्माताहरु यो मितिलाई विशेष रुपमा हेर्ने गर्दछन् । यो मितिमा चलचित्र रिलिज गर्ने दाउ धेरै निर्माताको हुन्छ ।
यसैबीच, छायांकनमा रहेको चलचित्र चपली हाइट ३ को निर्माणपक्षले चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको छ । निर्माता अर्जुन कुमारले वितरक र निर्माण टिमको सल्लाहपछि मिति तय गरेको सुनाए । उनले भने– यसअघि पनि चलचित्र चपली हाइट चैत्रमा रिलिज गरेको थिएँ ।
चैत्र महिना मलाई विशेष लाग्छ । फेरि, नयाँ बर्षमा दर्शकको चलचित्र हेर्ने मुड पनि हुन्छ । यसैले, हामीले नयाँ बर्षको छेकोलाई मिति तय गरेका हौं ।
निकेश खड्काको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेत्र त्रिपाठी लगायतका कलाकारको अभिनय छ । थ्रीलर कथामा यो चलचित्र निर्माण भएको छ ।


सम्बन्धित समाचार