Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२९ पुस, काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन्
आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।
२०८१ पुष २९
ताजा नेपाल
२०८१ पुष २९
ताजा नेपाल
२०८१ पुष २९
ताजा नेपाल