Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वैचारिक निष्ठा र समर्पण बिर्सेर कम्युनिष्ट पार्टीमा हुने एकता एकछिनको फुर्को हुन्छ । राष्ट्र र जनतालाई केन्द्रमा राखेर हुने एकताभित्र त्याग र समर्पण हुन्छ । जहाँ एकता, संघर्ष, एकता र विविधतामा बसह हुन्छ, त्यहाँ पद र कुर्सी केन्द्रमा हुँदैन । नेपालमा व्यक्तिका आचरण र व्यवहारमा पार्टीको विभाजन भएको छ । व्यक्तिको स्वार्थ पदको मोहले विचार र सिद्धान्तमा प्रहार गर्छ । नेकपा एमालेका केपी ओलीलाई विचार, सिद्धान्त, निष्ठा र त्याग भन्दा आफू मात्रै केन्द्रमा रमाउने अहंकार थियो । उनकै चरित्र र दम्बले त्यो एकता भड्कियो ।
आज केपीको एकलकाटे मपाइँत्वका कारण छिन्नभिन्न भएको नेपाली कम्युनिष्ट आन्दोलन एक हुँदैछ । तर त्यहाँ प्रचण्ड, माधव, वामदेव, झलनाथ, भीम रावलहरूले समयको ख्याल गर्दै जनता र राष्ट्रको मागलाई छातिमा हात राखेर सोच्नुपर्छ । एकीकृतबाट आएका जति छन् ती माओवादी जनयुद्ध र त्यसले पारेको प्रभावका बारेमा जति नै जानकार थिए त्यति नै अोली गुटले जासुसी गरेर सेना लगाएर हत्या गराएको थियो ।
माओवादी आन्दोलनमा वामदेव, डा. भीम रावलहरूले राज्यलाई राजनीतिक तहबाट वार्ता र संवादमा जोड दिने गर्थे । तर ओली पथ ठिक विपतिर थियो । त्यो जान्दा जान्दै प्रचण्डले विगत बिर्सेर जनताको मागलाई ध्यान दिए तर कपटका धनाढ्य, फट्याइँका नायक केपी ओलीलाई आन्दोलनको मर्म के थाहा जसले सडकमा तत्कालिन निरंकुशताको पत्तो पाएन । पार्टीकै पाँचौं महाधिवेशनमा निर्णायक ठाउँमा नहुँदा त ओलीले जनताको बहुदलीय जनवादको दस्तावेजीकरण आफैंले गरेको स्व. मदन भण्डारीका चार श्रीमती भएको, सहकारी ठगेको जस्तो अपराध बोल्न सक्यो । त्यस्तो दुष्ट र पाखण्डीका अगाडि प्रचड, माधव, वामदेव, डा. भीम रावलले झगडा नगरी पार्टीलाई एक ढिक्का बनाए भने दश तिरबाट संकलित टालाटुलीको अर्थ हुन्छ । पदकै लागि झगडा हुने चुनावपछि एकले अर्कोको मर्यादाको ख्याल नगर्ने हो भने नेपाली कम्युनिष्ट पार्टीको विश्वास गुम्छ ।
पार्टी त मोहनविक्रमको मसाल, नेमकिपाका नारायणमान बिजुक्छे, मोहन वैद्यको नेकपा एकीकृत, शरणविक्रम मल्लको नेकपा पुष्पालाल, घनश्याम भुसालको एकीकृत समाजवादी पनि छन् । तर यी सबै लेटरप्याडले धानेका पार्टी हुन् । यिनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा ल्याउन सकिएन भनेर चिन्ता लिनु पर्दैन । किनकि संसदीय अभ्यासभित्र निर्वाचनमा भाग लिने भनेको चुनाव जित्नु नै हो । जनताको काम स्थानीय तह, प्रदेश र संघीय शासनबाट सहज बनाउने समाजलाई शुद्ध, सुदृढ, निस्कलंक बनाउने दायित्व नेताकै काँधमा हुन्छ ।
नेतृत्व स्वच्छ, शुद्ध र इमानमा चल्यो भने विसंगति र विकृतिले ठाउँ पाउँदैन । नेता नै भ्रष्टाचारी छ भने प्रशासनिक तहले जाल गर्छ भन्ने कुरा ओलीको चौथो कार्यकाल साक्षी छ । जसले देश केन्द्रीत लुटलाई आफ्नो नियन्त्रणमा राख्न गुप्तचर गृहबाट, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरणलाई अर्थबाट आफ्नै अधिनमा राखेर आतंक मच्चाएका थिए । ओलीको जात्रा कम्युनिष्टले गर्ने र नगर्ने कर्म भोगेका माधव, प्रचण्डलाई जनताले साथ दिनुको कारण भ्रष्टाचार नियन्त्रण र शाुशासनको आश थियो । नेपाली युवालाई नक्कली भुटानी बनाएर हजम गर्ने ओली नै भिजिट भिसाका नाउमा कुम्ल्याएका शासक हुन् । कुनै कम्नुनिष्टले मुलुकमा यो अवस्था सिर्जना ग¥यो कुनैले भ्रष्टाचारीमाथि कारबाही थाल्दा भ्रष्टले सरकारबाट घोक्य्राएको सह्यो । ठक्कर खाएपछि देश बनाउने र भत्काउने बीचमा लडाइँ हुन्छ । अब ओली बोकेर चुनावमा जाने एमालेका परिवतनकामीहरूलाई कठिन छ । देशको अवस्था तहस नहस छ । जेनजी पुस्ताले निष्ठा, त्याग, समर्पण, इमान्दारिता भन्दा पनि पारदर्शीता खोजेको हो । चुनाव घोषणापत्रको आधारमा सरकारमा जाँदा नबिर्स । परम्परालाई सुधार्दै देशमा प्रगतिशिल वातावरणको संरचना खडा गर भनेको हो । राष्ट्रको सम्पत्तिकै सुरक्षा नहुने ध्वंशकारीहरूलाई जनताले ठेगान लगाउनुपर्छ । त्यसकै निमित नै देशभक्त, वामपन्थी, प्रगतिशलि शक्तिबीचको मोर्चा र विचार, सिद्धान्त कार्यक्रम मिल्नेसँग पार्टी एकता गर्नुपर्छ भनेको हो । पदकै लागि लड्ने पार्टी चुस्त र सशक्त बनाउने भन्यो पदको लोभ सबैमा हुने देखियो भने एकताको फुर्को धेरै टिक्दैन । समयले सधैं साथ दिँदैन, जुन बेला दिन्छ त्यसको सदुपयाग गर्न सक्नुपर्छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल