Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यमन्त्रीलाई दिए सांसदहरुले यस्तो सुझाव

काठमाडौं । अहिले बजेट निर्माणकाे चटाराे छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिएका छन् । मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल शुरु गरेका हुन् ।

मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका थिए । सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।
मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिएका थिए । मङ्गलबार बागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ ।


सम्बन्धित समाचार