Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघु काफ्ले रहेका छन्। पौडेलले कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए। पोलिसी पाठशालाको नेतृत्व गरिरहेका उनी स्वास्थ्यका विभिन्न कानुन निर्माणका लागि योगदान गरेका छन्। संघीयका साथै प्रदेश र स्थानीय तहमा स्वास्थ्य कानुन निर्माणमा परामर्श दिने गरेका छन्। उनले स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम, स्वास्थ्य अनुसन्धान रणनीति, सहरी स्वास्थ्य प्रबर्द्धन लगायतमा पनि योगदान गरेका छन्। त्यसैगरी जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा भूमिका छ । मुटुरोग विशेषज्ञ डा कोइरालाले विभिन्न सरकारी अस्पतालको नेतृत्व लिनुका साथै विभिन्न स्वास्थ्य मन्त्रीहरुको औपचारिकरअनौपचारिक सल्लाहकारका रुपमा काम गरेका छन्। डा शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने अमित भण्डारी जनस्वास्थ्य विज्ञ हुन्। पोलिसी पाठशालामा कन्सलटेन्ट रहेका उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको नेतृत्वमा तहमा रहेर काम गरिरहेका छन्। काफ्लेले गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेका छन्। सल्लाहकार समूहले मन्त्रालयले बनाउने नीति र त्यसको कार्यान्वयनका लागि आफ्नो विज्ञता प्रदान गर्नेछ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल