Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यमन्त्री बस्नेतको दौडधुप

काठमाण्डौ । संविधानको रक्षा संसदको संरक्षण लोकतन्त्र र संघियतको सुदृढीकरणका लागि चुनावमा गठवन्धन गरेका दलको नेतृत्वले वल्ल जनताको हालत बुझ्न र कर्मचारी प्रशासनबाट जनता माथि दिने दःखको साथि बन्न थालेको छ । माओवादीका मन्त्रीहरू गृह तथा उपप्रम नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँती सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले एक चरण रेखदेख गरे खैलाबैला मच्चाए । तर काँग्रेसका मन्त्री निद्रामा पर्दै गर्दा स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्नो कार्यक्षेत्र भित्र हलचल ल्याएका छन् । जनताले देख्दा यो राम्रो हो । सरकार सरकारजस्तो देखिएको समय हो यो ।
अहिले पनि गरिबले उपचार नपाउने स्वास्थ्य उपचार गर्न भनसुन गर्न नेताको घरदैलो चाहार्न बाध्य पार्ने सरकारको खर्चमा चलेका अस्पतालको मात्र होइन सेवाभन्दा कमाउन कै लागि डाक्टरहरूद्वारा खोलिएका अस्पतालसम्म अनुगमन गर्न मन्त्री बस्नेत सक्रिय छन् । गृहजिल्लामा दादागिरी चलाएर बेला बखत विपक्षीहरूमाथि जाइलाग्ने मोहन बस्नेतको हिजोको स्वभावले राजनीति छवि त राम्रो छैन् । तर सांसद बनेर मात्र जनताको सेवा गर्ने हो भन्ने चरित्रमाथि बस्नेतले उल्ट्याउथे चाहे चुरे पहिरो पिडीतको होस चाहे भूकम्पले छियाछिया बनाएको गाउँमा पुगेर जनतालाई राहत दिने कुरामा होस वा मेलम्चिका बाढी पिडीतको सेवामा किन नहोस् बस्नेतको टीम जनतासँग पुगेकै हो ।
जनतामा पिडा पर्दा तत्काल पुग्ने भएकै कारण भूकम्पले विद्यालय ध्वस्त गराउँदा बस्नेतले विद्यालय भवन बनाउन सरकारबाट लगेको रु १९ करोड खर्च गरे । दाता र सहयोगीबाट लिएको करोडौं हिनामीना भएको उजुरी अख्तियारमा परे पनि चोखै छन् । उनको भाई मेयर भएको बाह्रविसे नगरपालिकाभित्र उनकै डनबाद हावी छ । जहाँ नेपाल सरकारले पठाएको प्रशासकिय अधिकृत र कम्युटर अधिकृतको काम बस्नेतकै दलालबाट चलाईन्छ । त्यो डनबादको चासो सिंहदरबारले गर्दैन् । डा. आरजु निकट भएकाले अख्तियारमा परेको उजुरी शक्तिका आडमा छानविन भएको छैन् । बस्नेत स्वयंले भ्रष्टाचार गरे भन्ने ठाउँ नहोला तर हिजो स्वास्थ्य राज्यमन्त्री वन्दा मन्त्रालयको गाडीमा आफ्नो गोठबाट गाईको गोबर ओसारेको देख्नेले त्यही मन्त्रालयको मन्त्रीको चालचलन नजिकबाट हेरेका छन कि छैनन् ?
त्यसो त काँग्रेसी राज्य आतङ्क चम्केका बेला स्वतन्त्र तिव्वत पक्षधर तिव्वती नागरिकलाई दौरासुरुवाल लगाएर नेपाली सीमा कटाउने खेतीका नायक भएकाले काँग्रेस विभाजनको बेला उनको पछि नलाग्ने काँग्रेसीहरू बस्नेतलाई तस्करको संरक्षक भन्ने गर्थे । खासा व्यापारी यीनका सहयोगी हुन् । शक्तिका आडमा चल्ने व्यापारीहरू कोही बेला बस्नेतलाई छाडेर माओवादी बनेकै थिए । बस्नेत र माओवादी नेता अग्नि सापकोटाको क्षेत्र एउटै हो । ०७४ सालमा उनी सापकोटासँग पराजीत भएकै हुन् । यसपटक सत्ता गठवन्धनका बीचमा सिन्धुपाल्चोकका चुनावमा घात भएन । केही ठिमुराहरूले माओवादीलाई भोट हालेन् । काठमाण्डौ क्षेत्र नं १ मा बसोवास गरेका काँग्रेसहरूले काठमाण्डौमै बसेर बरु रविन्द्र मिश्र र प्रहरी छँदाका विवादीत पात्र रमेश खरेल बोकेर हिडे सिन्धुपाल्चोकमा गठवन्धन हारोस एमालेले जितोस भनेर दैनिक पशुपतिको भाकल गरे । तर तीनको भाकल काम लागेन । काँग्रेस र माओवादी इमान्दार भए ।


सम्बन्धित समाचार