Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिवद्धता जनाएका छन्। सामाजिक सञ्चाल मार्फत थापाले अस्तव्यस्त बन्दै गएको बीमालाई सुधार गर्दै राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिवद्धता जनाएका हुन्। बीमा कार्यक्रमलाई सफल बनाउन आफुहरु गृहकार्यमा लागेको र विभिन्न योजना समेत रहेको उनले बताएका छन्। स्वास्थ्यमा सबैको पहुँच बढाउन प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने उनले बताए। यसका लागि सुर्तिजन्य पदार्थ, मदिरा लगायत वस्तुमा कर बढाएर ती करको पैसा बीमाका लागि खर्च गर्न सकिने उनको भनाई छ। सामाजिक सुरक्षा र स्वास्थ्यसँग जोडिएका कार्यक्रमहरुलाई एकीकृत गर्ने, बीमा अन्तर्गत सञ्चालन गर्ने, तीन तहका सरकारबीचको समन्वयलाई पनि एकीकृत र सुदृढीकरण गरे बीमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सक्ने उनले बताए। उनले भने, यसरी हामीले सबै पक्षलाई मिलाएर अघि बढ्यौ भने बीमा कार्यक्रम सफल हुन सक्छ। र, निजी सहित सबै स्वास्थ्य संस्थाबाट बीमाको सेवा दिने अवस्था बनाउनुपर्नेछ। स्वास्थ्य बीमाको सुशासनमा पनि सुधार गर्नुपर्ने देखिएको उनले बताए। यसको चुहावट रोक्दै सेवालाई प्रभावकारी र भुक्तानी रकम समयमै पाउने व्यवस्था कसरी बनाउने, संरचनागत सुधार के कसरी गर्ने ? भन्ने बारेमा आफुले गृहकार्य गरेको उनले जानकारी दिए। प्रतिनिधि सभाको निर्वाचनपछि बीमाको कभरेज बढाउँदै बिमितले जति खर्च लागेपनि सबै उपचा गर्ने व्यवस्था मिलाउन सकिने उनले बताए। बीमालाई सुधार गरेर सेवा प्रभावकारी बनाउन सके कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपर्ने उनले बताए। एउटा नेपाली नागरिकल बीमा गरेपछि जति खर्च लागेपनि केही सूची बाहेक सबै बीमाले कभरेज गर्ने ठाउँमा पुर्याउन सकिन्छ। उनले भने, यस्तो हुन सक्यो भने कसैले पनि मेरो खल्तीमा पैसा नभएर उपचार हुन भएन भन्नु पर्दैन। राज्यले यसको जिम्मेवारी लिन्छ। कसरी गर्न सकिन्छ भन्ने बारेमा हामीले गृहकार्य गरेका छौँ। र योजना बनाएका छौँ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल