Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ साल माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पतालसँगै निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन्।
भुक्तानी विवरणमा ठूला अस्पतालदेखि दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालसम्मका सेवा प्रदायक संस्था समेटिएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेश गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा भुक्तानी गरिएको जनाइएको छ।
स्वास्थ्य संस्थालाई समयमै दाबी भुक्तानी हुँदा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा बीमितलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ श्रावण ३०
ताजा नेपाल
२०८३ श्रावण ३०
ताजा नेपाल
२०८३ श्रावण ३०
ताजा नेपाल