Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायलाई

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव उपाध्यायले मन्त्रालयमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाँल्दै आएका थिए । असोज २४ गते सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेपछि उक्त पद रिक्त थियो । कार्यकारी निर्देशक नियुक्त नहुञ्जेलसम्मका लागि उपाध्यायले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् ।