Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा मन्त्री को ?

काठमाण्डौ । विश्व महामारी कोरोना भाइरसको डर लाग्दो रुप नेपालले ग्रहण गरिरहँदा त्यही रोग विरुद्ध लड्न स्वास्थ्य कर्मचारीहरुलाई उत्साहित गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको वेबसाईटबाट भने असफल स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हटेका छैनन् । ढकालको समयमा आम्नी समूहको दादागिरी निकै चम्कियो । यो समुहले औषधी खरिद गर्दा झन्डै ६ अर्ब रुपैया कुम्ल्याए पनि अपजस भने तिनै भानभक्त ढकालले पाए । पैसा खाने इश्वर पोख्रेल र बालुवाटार अपजस पाउने ढकाल । त्यहाँ अहिले स्वास्थ्य मन्त्री ह्दयस त्रिपाठी रहेका छन् । उनले शेरम कम्पनिसँग नेपालले लिन लागेको भ्याक्सिनमा लगानी बिना ३४ करोड ३७ लाख कमिशन खान तम्सेको हुकम समूहको भण्डाफोर गरिदिए । प्रधानमन्त्री समेत यो काण्डपछि त्रिपाठीसँग रिसाए । उनका हनुमानहरुले गर्न नसकेको काम त्रिपाठीले गरेर देखाएकै कारण यतिखेर उनको पद खोस्ने आट प्रमले गरेनन् । तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा मन्त्रीको रुपमा उनको नाम छैन । विश्व महामारीको यो अवस्थामा पनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्रालयले एक वर्षदेखि वेबसाइट सच्चाएको देखिदैन । यस्तो मन्त्रालयले जनताको विश्वास जित्छ कसरी ?