Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय छुट्याइएको तथा आन्तरिक मामिला मन्त्रालय पनि छुट्टै बनाउने निर्णय गरिएको उनले बताएका छन्। गण्डकी प्रदेशमा कुनै समय १२ वटासम्म मन्त्रालय बनेका थिए। २०७९ पुस २५ गते खगराज अधिकारी मुख्यमन्त्री हुँदा ७ मन्त्रालयमा झारेका थिए। फेरि उनले नै थपेर ९ वटा बनाएका छन्।