Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य मन्त्रालय ढुङ्गे यूगमा

काठमाण्डौ । जनताको स्वास्थ्य सुरक्षा भन्दा औषधी खरिदको कमिशन र सरकारी अस्पतालमा मन्त्रालयको खर्चमा खरिद हुने सामाग्रीमा लुट मच्चाउदै आएको स्वास्थ्य मन्त्रालयको ढाँचा ढुङ्गे युगमा जस्तो छ । मन्त्रालयबाट एक किमीको वीरअस्पताल ४ किमी विचमा पर्ने प्रहरी अस्पताल, कान्तीवाल अस्पताल, त्रिवि शिक्षण अस्पतालको सत्य विवरण दिन मन्त्रालय नसक्ने भएको छ । सैनिक अस्पताल, नरदेवी आयुर्वेद अस्पताल एपिएफ अस्पताल आयुर्वेद अस्पताल तथा रिर्सच सेन्टरको दुरी पनि टाढा छैन । फोन इन्टरनेटको जमनामा मन्त्रालय विहान १० देखि ११ बजेको डाटा लिएर कोरोना बिरामीको बेडको सूचना ४ बजेपछि सार्वजनिक गर्दा अस्पतालमा बेड भरिएको हुन्छ । तर मन्त्रालय बेड खाली भन्छ । यस्तो नालायकी किन हुन्छ रु जुन देशका प्रधानमन्त्रीले कोरोना भगाउन अम्बाको पात र बेसारको प्रचार गरे । अन्तत उनी आफै लाचार बन्नु पर्यो ।

मन्त्रालय नै जनतामा आतंक सिर्जना गर्ने सरकारको अंग बनेका छ । मन्त्रालयले ३० वटा अस्पतालमा हुने उपचार निशुल्क गर्छु भन्छ । तर त्यहाँ न त बेडको प्रबन्ध छ न त भेन्टिलेटर र आईसियू छन् । सरकारको ध्यान प्रचारमा केन्द्रीत छ । कोरोनाको नयाँ भेरियन्ट देखियो भन्दैछ । उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी सुरक्षाकर्मी कसैलाई भत्ता दिएको छैन । सिहंदरबारका मुखियाहरु आफ्नो राजनीति स्वार्थ पूरा गर्न भिडिरहेका छन् । जनतालाई भोकमरीको महामारीमा पुर्याएर भ्रष्टचारमा चुर्लुम्ब डूबेको शैतानहरुले आफ्नो असक्षमता देखाएका छन् । स्वास्थ्यमन्त्री समेत विचौलियाको दबदबाले हैरान छन् । तर कोरोना भ्याक्सिनको ठेगान छैन । छिमेकी भारतले पैसा लिएर पनि भ्याक्सिन दिएको छैन । त्यहाँका राजदूत रुद्राक्षको माला जपेर बसिरहेका छन् । अर्को छिमेकी देश चिनले कोरोना भ्याक्सिन दिने इच्छा जाहेर गर्दा न त स्वास्थ्य मन्त्रालय बोल्छ न त मन्त्री परिषदले चासो राख्छ ?

राजधानी लगायतका प्रदेशीक सहरहरु पोखरा बुटवल नेपालगञ्ज विराटनगर, विरगञ्ज भरतपूर जस्ता सहरमा कारोनाको विगविगी छ । सरकारको ध्यान स्वास्थ्यकर्मीलाई चुस्त बनाउनमा छैन । कमिशनकै कारण भारतबाट आउनुपर्ने भुत्तानी भईसकेको सेरम कम्पनीको भ्याक्सीन आउने छाँट छैन । तर पनि असक्षम सरकारका नाइके प्रम केपि ओलीको अहंकार हटेको छैन । इमान्दार पूर्वक ज्यानको बाजी थापेर खटेको जनशक्तिलाई परिचालन गर्न सरकार असफल भईसक्यो । काम गर्नेले जस पाएन राजदूतहरु नालायक भए प्रम कसरी लायक हुन्छन् र ?

जनताले त्यो बेला सरकारको खोजी गर्छ जुनबेला अस्पतालमा बेड छैन । जनताको जीवन बचाउन शासकले ध्यान दिएन जनता निरिह भयो । वैज्ञानिकको सुझाव डाक्टरहरुको टीमलाई राज्यले चासो दिएन । पूर्व तयारी त्यही बेला देखी नै हुन पथ्र्यो । अघिल्लो पटक यो सरकारले केही गरेन । भोकमरीले जनता मरेकै थिए । यस पटक सरकार मानवता गुमाउनु पर्ने अवस्था देशका जनतालाई दिलाउदै छ । सरकारका नायकहरु अहंकारी भए ।

सीमा नाकामा कोरोना बढेको थियो । कोरोनाबाट बच्न भारतबाट आफ्नै गाँउ आएको जनताप्रति समेत यो सत्ता नालायक, निठूर, जनहित विपरित उर्लेको घमण्डमा केन्द्रीत भयो । ओलीको भनाई काम गराई यीनको लुटाहा चरित्र भित्र आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत स्वार्थी लम्पट शैलीमाथि जतिसुकै भत्सर्ना गरे पनि कम हुन्छ । सरकारमा रहेका चरित्रहरुमा उदारता केही भएन । अभावको श्रृंखला यति बढ्छ भन्ने सन्देश चिकित्सकहरुले दिएकै हुन् ।