Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२औं तहका अतिरिक्त सचिव हुन्। विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ। डा देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्। डा देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ। डा मिश्र पनि १२औं तहकी अतिरिक्त सचिव हुन्।
२०८१ माघ ९
ताजा नेपाल
२०८१ पुष २९
ताजा नेपाल
२०८१ पुष १९
ताजा नेपाल