Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्व – जागृत जुझारु, निष्ठावान र इमान्दार नेता

तेस्रो वार्षिकोत्सबको सन्धर्बमा – जागृत प्रसाद भेटवाल जे.पी. भेटवाल सादा जीवन उच्च बिचारमा अडिगस्वाभिमानी संघर्षशील इमान्दार, निष्ठावान व्यक्तित्वको नाम हो । मेरो आमा बुबाले भन्नु भए अनुसार उहाँ २००९ सालमा जन्मदा घोप्टो परेर जन्मनु भएको थियो । त्यस बेला उहाका हजुरबुबा दिल्ली ध्वज भेटवालले नाति घोप्टो परेर जन्मियो यसले राजा पिर्छ भनेर पिर लिनु भयो । र शान्ति स्वस्ति पनि गर्न लगाउनु भयो रे न भन्दै साँच्चै उहा शुरु देखि नै राजा र पंचायती व्यबस्थाको बिरुद्धमा लाग्नुभयो । सानैमा जब हामी काभ्रेपलान्चोकको भगवती माबि जोगीथुम्का पढ्न जन्थ्यौ । त्यसबेला देखि नै उहा निर्भिक र नि डरस्वभावको हुनु हुनुहुन्थ्यो । अलि कति पनि अन्याय शिक्षकले गरुन् वा बिधार्थिले वा अरुले उहा सहनु हुन्नथ्यो र तुरुन्त प्रतिकारमा उत्रने स्वभावको हुनुहुन्थ्यो ।

त्यस बेलाको एउटा सम्झना अझै ममा छ सायद त्यो २०२५ र २६ साल तिरको कुरा हो । हाम्रो गाउको प्रधानपन्च केशर मान शिंह बस्नेत हुनुहुन्थियो । त्यस बेला गाउफर्क राष्ट्रिय अभियान चलेको थियो । जताततै बाटो खोल्ने अभियान थियो। हामी विधार्थीहरुलाई पनि प्रधानपंचले बाटो खन्नमा अनिबार्य सहभागिता हुनुभन्ने उर्दीजारी गरे । तर जागृत भेटवालले त्यति सानो उमेरमा पनि हामी कलिला बिधार्थीलाई बाटो खन्न लगाउने र माथिबाट आएको बजेट चाहि प्रधानपंचले खाने भनेर हामीलाई सबैलाई एउटा ढुंगा हातमा लिएर प्रधानपंचको बिरुद्ध उभ्याउनु भयो । हामी समूह मै प्रधानपंचलाई ढुंगा हान्न गएका थियौ । तर गाउका अन्यभलाद्मीले त्यो देखेर हामीलाई रोक्नुभयो, धन्न प्रधानपन्चको ज्यान जोगियो ।

जब यो घटना भयो तब तत्कालिन प्रधानपन्चले जागृत भेटवालको नाम अराष्ट्रिय तत्वमा लिपि बध्द गरे । त्यसको केही समयमै चितवन जिल्लाको भण्डारामा उहाको परिवार बसाई सर्नुभयो । तहा पनि उहालाई अतंककारीको नाममा चिनियो । असक्त , असहाय , पीडीत बर्गको घाउमा मल्हम लगाउन उहा सफल हुनु भयो । भण्डारा गए पछि त उहाले सामन्तीहरुका बिरुध्दमा जेहाद छेड्नुभयो । त्यहाका सामन्तहरुले सोझा साझा थारुहरुलाई खेतमा पानी सिन्चाई गर्न समेत रोकेर एक लौटी गरिरहेको अबस्थामा उहाले थारुहरुलाई संगठित गरी सबैले पालैपालो खेतमा सिन्चाई गर्न पाउने ब्यबस्था मिलाउनु भयो । त्यसपछी जागृत भेटवाल एउटा नेताको रुपमा उदाउनुभयो । त्यसपछि उहा काठमाडौँ पर्दशनीमार्गमा कानुनको बिधार्थी भएर अध्धयन गर्न थाल्नु भयो । त्यसैबेला उहा तत्कालिन नेकपामालेको संगठित सदस्यभै काम गर्न थाल्नुभयो । राजनीतिमा मात्र नभएर साहित्यमा समेत झर्रो आन्दोलन गर्नुभयो“नौलोसाहित्य“ भन्ने उहाले पत्रिका छापाएर हासो मात्र लेख्ने अभियानको थालनी गर्नु भयो । यस पत्रिकाले तत्कालिन राजतन्त्र र फासिस्ट पंचायती ब्यबस्था बिरुध्द ठूलो जनमत सृजना गर्यो । पछि साप्ताहिक रुपमा प्रकासित हुने“ प्रकास“ नामक पत्रिका छपाएर ठूलो चर्चा बटुल्नुभयो ।

बि.स.२०४२ र०४३ तिर फासिस्ट पंचायती व्यबस्थाको निर्बाचनमा नेकपामाले पार्टीले क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धा सहितको जनबादको रुपमा बिकसित गर्ने चिन्तन अनुसार नै यसलाई उपयोग गर्ने नीति लियो । त्यही नीति अनुरुप जागृत प्रसाद भेटवाललाई तत्कालिन राष्ट्रिय पंचायतको सदस्यको उम्मेदवारको रुपमा पार्टीले उभ्यायो । उक्त निर्बाचनमा उहाले सबैभन्दा बढी मत ल्याई बिजयी हुनुभयो । त्यस पछी बसेको फासिस्ट पंचायती व्यबस्थाको राष्ट्रिय पंचायत बैठकमा जागृत प्रसाद भेटवाल र अर्का बामपन्थी नेता पद्मरत्न तुलाधरले बैठकबाटै बहुदलीय व्यबस्थाको उद्घोस गर्नुभयो । त्यसैको परिणाम स्वरूप २०४६ मा बहुदलीय ब्यबस्थाको घोषणा गर्न तत्कालिन राजा बाध्य हुनुमा उहाको पनि ठुलो भूमिका थियो । बहुदल आए पछी २०४८ को आमनिर्बाचनमा पनि उहा संसद सदस्यमा उठेर बिजयी प्राप्त गर्नु भयो । उहा सार्बजनिक लेखा समितिको सभापति समेत हुनुभयो । त्यहाँ रहदा उहाले अनियमिता र भ्रस्टाचार गर्नेहरु प्रती खबरदारी गर्नुभयो । उहाले समाजमा रहेका विभिन्न बिकृति ढोंगी तथा आडम्बरी प्रवृति विरुध्दमा लड्नुभयो । उहा श्रमप्रति सम्मान गर्ने, कृतिम बास्ना भन्दा पसिनाको सुगन्धमा जीबनको बास्तबिकता देख्ने व्यक्तित्व हुनुहुन्थ्यो ।

राप्ती नदीमा उहाको नेतृत्वमा तटबन्धको कार्य हुन सक्यो । जनताको खेत खेतमा सिन्चाईको ब्यबस्था गर्ने कार्य र जनताको आधारभूत आबस्यक्ताको रुपमा रहेको खानेपानीको ब्यबस्था गर्ने कार्यमा पनि उहाले त्यति कै सक्रियता देखाउनुभयो । चितवन जिल्लाका कुना कुनामा उहाले थुप्रै ठाउमा पिच गराउनु भयो । दलित ,पिडितबर्गको उत्थानमा पनि उहाको योगदान कम थिएन । अझै पनि थुप्रै काम गर्ने अभिलाषा उहाको थियो । तर बिडम्बना क्यान्सर जस्तो घातक रोगले गर्दा कतिपय उहाले गर्न चाहेका कुराहरु पुरा गर्न पाउनु भएन । तर पनि क्यान्सरसंग पनि उहाले जुधेर जनतामा धेरै समस्याहरुको हाल गर्नुभयो । अन्तमा ६५ बर्षको उमेरमा उहाले यो धर्ती छोड्नु भयो । उहाले धर्ती छोड्दा उहालाई माया गर्ने थुप्रैजनताहरुले बलिन्द्र आसुको धारा बगाए । आफ्नो आखाका रातीगेडी गुमाउनु पर्दा कसलाई पीडान होला र ? समाजबादको लागि उहाले गर्नुभएको संघर्ष क्रान्तिको योगदान र चितवन जिल्लाको बिकासमा अपूर्ण रहेका उहाको सपना पुरा गर्ने अभिभारा भाबीपिढीको काँधमा आएको छ । चैत्र २१ गते उहाले धर्ती छोड्नुभएको अब तीन वर्ष पुग्दैछ । यस अबसरमा उहाको आत्माको चिरशान्तिको कामना गर्दै भाबपुर्ण श्र्दान्जलि ब्यक्त गर्दछु । अस्तु

शंकर प्रसाद भेटवाल हाल ललितपुर म.न.पा.१५ पूर्व उपसचिनेपाल सरकार

 


सम्बन्धित समाचार