Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हजार खानु भ्रष्टाचार हो प्रधानन्त्रीज्यू, अरवौं त स्वाहा भइरहेकै छ

काठमाडौँ । भ्रष्टाचारीको मुखै हेर्दिन भनेर दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । उनले यस्तो बताउन थालेको पनि ३ वर्ष नाघिसकेको छ । तर भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्रीले थैलो भने खोजी खोजी हेरेका छन् । यसैको उदाहरण हो थामसेर्कु काण्ड, ओम्नी काण्ड, नेपाल ट्रष्ट जग्गा भाडा काण्ड । यहाँ दुई हजार थमाएर अख्तियारको छापामा एउटा खरदार समातिन्छ तर अरवौं घोटाला गर्ने महामहिमहरुलाई सत्ताकै संरक्षण हुन्छ ?

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताएका छन् । उनले यस्तो बताउनु र व्यवहारमा अर्कै हुनु कुनै नौलो विषय होइन ।

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताए का छन्। उनले भनका छन्, ‘कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’

नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिए ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डाक्टर गणेशराज जोशी र आयुक्त डाक्टर सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार