Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हजार बढी स्थानमा एनसेलको फोरजी/एलटिई सेवा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भिœयाइ त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवाफोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पु¥याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेकोे घोषणा गरेको छ । अब प्राय सबै शहरहरु र शहरी क्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुत गतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरहरुबाट फाईदा लिन सक्नेछन् ।
“हाम्रा प्रिय ग्राहकहरुलाई दु्रतगतिको मोबाइल कनेक्टिभिटीमा पहँुच सुनिश्चित गर्न, शहरीक्षेत्रभन्दा बाहिरका स्थानहरुसमेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।” एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने । “एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा हामी विश्वस्त छौं र यो ब्रोडव्याण्ड पूर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिअनुरुप छ ।” सेवा विस्तारसँगै एनसेलको फोरजीसिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिनसक्नेछन् । फोरजी÷एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । दुईवर्ष अगाडि जेष्ठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । यो सेवा मध्यपौष २०७५ सम्म देशका विभिन्न २१ शहरहरुमा सिमित थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटालगायतअन्य धेरै शहरहरु सहित १,००० भन्दा बढी स्थानहरुमा उपलब्ध छ । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमागई मात्र रु १ शुल्कतिरेर फोरजीचल्ने सिम (युसिम) लिन सक्छन् । सिम लिँदा ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्र पेश गर्नु पर्दछ । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ७ दिनको लागि मान्य हुनेछ र यो दिनको समय अर्थात बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ । एनसेलले फोरजी÷एलटिई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरुप सेवा संचालनमा ल्याएको दुई वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ । फोरजी सेवामा पहुँचथप बढाउनुका साथै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।


सम्बन्धित समाचार