Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काडमाढौं । कानुन भन्दा पनि आफूलाई सहज बनाउन खोज्दा गृहमन्त्री फेरि विवादमा परेका छन् । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि त्यो प्रयास बिफल भएको हो । प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरिक्षक डीआईजी हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको उल्लेख छ । रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, १३ जेठको गृहमन्त्री स्तरिय निर्णयबाट डीआईजी श्रेष्ठको सरुवा भएको थियो । अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । अख्तियारकै प्रमुखको स्विकृतीमा मात्रै कुनै कर्मचारीलाई त्यहाँ पदस्थापन गरिन्छ भने प्रमुखकै अनुमतीमा मात्रै त्यहाँबाट अन्यत्र सरुवा गर्ने अभ्यास छ । तर मंगलबार डीआईजी श्रेष्ठका वारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग सरसल्लाह गरेका थिएनन् । यहाँ कार्यरत प्रहरी टोलीले नै भिजिट भीसा प्रकरणको अनुसन्धान गरिरहेको छ र प्रहरी महाशाखाबाट त्यसको समन्वय भइरहेको छ, त्यसलाई प्रभावित पार्ने गरी महाशाखा प्रमुख नै सरुवा गरेपछि प्रमुखले असन्तुष्टि प्रकट गर्नुभएको हो, अख्तियारस्रोतले भन्यो, त्यसपछि निर्णय सच्याएर उहाँलाई फेरि अख्तियारकै जिम्मेवारीमा यथावत राखिएको हो । प्रहरीकै मानवस्रोत विभागले शुक्रबार दोस्रो विज्ञप्ति सार्वजनिक गर्यो । उक्त विज्ञप्तिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई अख्तियारमा पदस्थापन गरिएको उल्लेख थियो ।
त्यही दिन अख्तियारमा कार्यरत अर्का डिआईजी ओमबहादुर रानालाई अख्तियारबाट रानीपोखरीमा सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, शुक्रबार नै गृहमन्त्रीस्तरिय निर्णयबाट श्रेष्ठ र रानाको फेरि सरुवा भएको हो । शुक्रबार नै प्रहरीले तेस्रो विज्ञप्ति पनि सार्वजनिक गरेको थियो । जहाँ अख्तियारका डीआईजी सरुवावारे सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्रश्न उठाएपछि यथार्थ त्यस्तो नभएको दावी थियो । प्रहरीले विज्ञप्तिमा डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको भनी विज्ञप्तिमा उल्लेख गरेको छ । आफू पनि अनुसन्धानको दायरामा पर्नसक्ने जोखिम देखेपछि गृहमन्त्री लेखकले भीजीट भिसा प्रकरणमाथि अनुसन्धान गरिरहेको अख्तियारको टोलीवारे चासो राखेका थिए । त्यसक्रममा सूचना संकलन र समन्वयमा डीआईजी श्रेष्ठको समेत भूमिका रहेको गोप्य सूचना लिक भएपछि गृहमन्त्री लेखकले उनको सरुवा गरेका थिए ।
२०८२ जेष्ठ १९
ताजा नेपाल
२०८२ जेष्ठ १९
ताजा नेपाल
२०८२ जेष्ठ १९
ताजा नेपाल