Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्यारा जोगाउने र पीडितलाई तर्साउने खेलमा प्रहरी निरीक्षक सुरेन्द्र यादव

रौतहट । रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी शंकर साहको हत्या भएको १५ दिनभन्दा बढीभइसकेको भएपनि स्थानीय प्रहरीले हत्यारालाई कारवाही गर्न कुनै चासो नदिएको गुनासो गरेका छन् ।

मृतकका परिवारले पीडितलाई न्याय दिनुको साटो स्थायी प्रहरीले हत्यारालाई जोगाउने र पीडित परिवारलाई दुखदिने गरेको गुनासो गरेका छन् । मृतकका छोरा सन्तोष साहले फतुवाबिजयपुरका प्रहरी प्रमुख एवं इन्सपेक्टर प्रहरी निरिक्षक सुरेन्द्र यादवले हत्यारालाई कारवाही गर्नुको साटो बचाउने खेलमा लागेको बताए ।

‘हामीलाई पत्रकार र समाजमाथि विश्वास छ । हामीलाई अरुकेही पनि होइन न्याय चाहियो । मेरो बुवाको हत्यारालाई जसरी पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो, मृतकका छोेरा साहले भने, ‘तर यहाँको इन्सपेक्टर सुरेन्द्र यादवले हत्यारालाई कारवाही गर्नुको साटो जोगाउँने खेलमा लागेको देख्दा हामीलाई दुख लागेको छ । हत्यारासंग पैसा लिएर हो की जातिय कारणले मलाई थाहा भएन तर उनी हत्यारालाई कारबाही गर्नुको साटो जोगाउँने खेलमा लागेका देखिन्छ । तपाईहरुले हामीलाई न्याय दिलाइदिनुपर्यो ।’

मृतकका छोरा साहका अनुसार शंकरको हत्यामा स्थानीय हरिदेव राय यादव, कपिलदेव राय यादव, ब्रह्मदेव राय यादव, सरेश राय यादव, अरबिन्दकुमार यादव, रितेशकुमार यादव लगायत व्यक्ति हत्यामा संलग्न रहेका छन् ।

हत्या घटनाको मा बिस्तृत जानकारी दिदै उनले भने, उनीहरुले म र बुवा दुबैलाई कुटपिट गरे । उनीहरुले पहिले देखी नै धम्किदिने, ज्यान मार्छु भन्ने, हामी यहाँ जे चाहन्छौं त्यही हुन्छ, तिमिहरु बढी यताउती नगर । यहाँको प्रहरी प्रमुख पनि हाम्रो जातकै हो । हामी जेभन्छौ त्यही उहाँ मान्ने हो । प्रहरी प्रशासन सबै हाम्रो मान्छे हो । तिमिले केही गर्नसक्दैनौं ।

हत्या भएको यतिका दिन बितेपनि प्रहरीले आफूहरुको कुरा नसुनी उही हत्याराकै संरक्षणमा लागेको पीडित परिवारको गुनासो छ । हत्यारालाई बचाउने, पीडितलाई तर्साउने खेलमै प्रहरी लागेपछि उनीहरुले न्यायका लागि पत्रकार, समाजसंग गुहार मागेका छन् ।

यसैबीच, आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पीडित परिवारलाई न्याय दिन, हत्यारा जो भए पनि कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकार गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

समाजमा घटने कुनै पनि घटनाको अनुसन्धान गर्ने र पीडितलाई न्याय दिदै पिडक एवं दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएको प्रहरी नै हत्यारालाई जोगाउँने खेलमा लाग्नु दुखद भएको आजपा अध्यक्ष साहले जनाएका छन् ।

पीडितलाई न्याय नदिने, हत्यारालाई जोगाउँने, आफ्नो कर्तव्य पालना नगर्ने फतुवाबिजयपुरका इन्सपेक्टर सुरेन्द्र यादवलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनुपर्ने माग उनले गृहप्रशासनसंग गरेका छन् ।

फतुवाबिजयपुर नगरपालिका–२ सितलपुर निवासी शंकर साहको हत्या यही असोज २६ गते भएको थियो । उक्त हत्याकाण्डमा दोषीलाई कारवाही गर्नुको सट्टा बिजयपुर ईलाका प्रहरी कार्यालय प्रमुख ईन्स्पेक्टर सुरेन्द्र यादवले हत्यारा बचाउन लागेको आरोप पीडिÞतले लगाएको सुन्दा अचम्म लागेकोछ । अनुसन्धानको जिम्मा पाएका प्रहरी प्रमुखले निष्पक्ष छानबिन गर्नुको सट्टा हत्याराकै बचाउमा लागनु दुःखद हो । यस्ता कर्तव्यहीन प्रहरी अफसरलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन नेपाल सरकार गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराउदछु, आजपा अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन् । राजधानी बाट


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल