Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा तीन युवा समातिए

काठमाडौं । नागार्जुन नगरपालिका-५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला शरणपुर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका-२ घर भएका २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका-५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्‍ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटना भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका-४ स्थित कम्फर्ट कोलनी नजिक फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलास्थित शरणपुरचोकमा झै(झगडा भएको भन्‍ने जानकारी प्राप्त हुन साथ उक्त वृत्तबाट खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो । घाइते बस्नेतलाई उपचारका लागि प्रहरीले मनमोहन अस्पताल स्वयम्भूमा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
मादक पदार्थ तथा अन्य नशालु पदार्थको सेवनबाट मातेर मृतकसँग सामान्य विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


सम्बन्धित समाचार