Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा पक्राउ

रसुवा । आमाछोदिङ्मो गाउँपालिका(४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका(५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आपसी वाद(विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका तामाङलाई सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल