Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या गरी फरार रहेका तीन जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । गत पुस १९ गते साँझ सुरेन्द्रको चक्कु प्रहारबाट हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल