Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी । धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका(५ टपरा बस्ने २५ वर्षीय मुर्ताज मियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुर्ताज मियाँले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४५ वर्षीय बहाब मियाँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई धानमा किरा मार्ने बिषादी सेवन गरी आफै अशक्त भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा बहाब मियाँको उपचारको क्रममा मृत्यु भएको थियो । मुर्ताज मियाको प्रहरीकै निग्रानीमा नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार