Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या भएको एक महिनापछि शौचालयको दहमा भेटियो शव

काठमाडौं । पछिल्लो समय महिला हिंसाका घटना बढिरहेका छन् । जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो । शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्याबारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेका थिए । सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देवरानी रोमालाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनाबारे थप अनुसन्धान तथा खोजतलास भईरहेको घटनास्थलमा पुगेका प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।


सम्बन्धित समाचार