Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या मुद्दामा थुनिएका ‘मान्य’ज्यू एक लाख धरौटीमा छुटे

काठमाडौं । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर छुटेका हुन् । उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज जिल्ला अदालत सप्तरीले गत भदौं १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बुझिएको छ । १६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंह सहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो । लामो समय मुलतवीमा रहेको उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । मुद्दा चलेकै अबस्थामा सिंह सप्तरी क्षेत्र ४ (२) बाट स्वतन्त्रबाट चुनाव जिते । पछि उनी जनता समाजवादी पार्टी ९जसपा०मा प्रवेश गरे । तर पक्राउ परेपछि उनी निलम्बित छन् ।