Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हनिमुन यात्रा सकाएर सोनाक्षीको कम्ब्याक

विवाहपछि आफ्ना पति जहीर इकबालसँग हनिमुन यात्रामा रहेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा मुम्बई फर्किएकी छिन् । मुम्बई फर्किए लगत्तै उनी क्याटवाक मार्फत काममा फर्किएकी छिन् ।

अहिले भारतमा इन्डिया कउचर फेशन सप्ताह’ चलिरहेको छ । सोनाक्षी सिन्हा कउचर फेशन सप्ताहको चौथो दिन शनिबार बेलुका डिजाइनर डली जेको लागि  मोडल बनेकी हुन् ।

डलीले तयार गरेका आकर्षक डिजाइनका गाउनमा उनी उत्रँदा सबै चकित परे । उनी हनिमुनमै छिन भन्ने बुझाईमा रहेको फेशनप्रेमी बचि उनी  उत्रँदा सबै छक्क परे । अभिनेत्रीलाई यस्तो सुन्दर गाउनमा देख्दा उनका शुभचिन्तकहरु धेरै खुसी भए ।

शनिबार रातीको सोनाक्षी सिन्हाको यो फेशन क्याटवाकको भिडियो आईतबार भाइरल भएको छ । भिडियोमा सोनाक्षी गुलाबी गाउनमा प्रस्तुत भएको देख्न सकिन्छ ।

विवाह पछि सोनाक्षीको सुन्दरतालाई ध्यानमा राखेर आफुले यो डिजाईन तयार भएको पनि डिजाईनर डलीले बताएकी छिन् । यसपटक यो फेशन सप्ताह विभिन्न सेलिब्रेटीको क्याटवाकका कारण चर्चामा छ । विवाहपछि सोनाक्षीको यो क्याटवाकले फेशन सप्ताह अझ चर्चामा पुगेको छ ।

अभिनेत्री सोनाक्षीले पनि विवाहपछि आफुलाई यो कार्यक्रमबाट प्रस्तुति गर्न पाउँदा रमाईलो लागेको बताएकी छिन् । अब आफु चलचित्रको काममा फकर्ने योजनामा रहेको पनि यी अभिनेत्रीले बताएकी छिन् । अबका दिनमा आफु अभिनयसँगै चलचित्र निर्माणमा पनि जोडिने सोनाक्षीको कथन छ ।


सम्बन्धित समाचार