Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् । अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन ९आईसीआरसी०का प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ । कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । उनीहरुबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाउने गरिएको छ । पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ । हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो । नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुनेरनहुने अझै थाहा हुन सकेको छैन । यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का जोशी सम्पर्कविहीन भएका थिए । परराष्ट्र मन्त्री एनपी साउदको सचिवालय र मन्त्रालयका अधिकारीले यही मंसिर महिनाको सुरुवातमा जोशी गाजामा फेला परेको सुखद समाचार रहेको भन्दै मिडियामा सूचना दिएका थिए । तर उनको पछिल्लो अवस्था थाहा हुन सकेको छैन ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल