Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हराएको मोटरसाइकल धनीलाई बुझाइयो

धादिङ । विदुर नगरपालिका- ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ ।
निलकण्ठ नगरपालिका-१२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीलाई देख्नासाथ अज्ञात चालकले बा.५१ प ४३४६ मोटरसाइकल छोडी फरार भए पश्चात प्रहरीले उक्त मोटरसाइकल बरामद गरेको थियो ।
साथै सवारी धनीको खोजी तथा अनुसन्धानको क्रममा तामाङको घरबाट चोरी भएको बास्तविक बा.५१ प ४३४३ नम्बरको मोटरसाइकललाई बा.५१ प ४३४६ बनाइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


सम्बन्धित समाचार