Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हराविरुद्ध पर्यो प्रहरीमा उजुरी

काठमाडौं । यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् । प्रहरी एक अधिकारीका अनुसार पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन्।
पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।
स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।
यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया शरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ । महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ।


सम्बन्धित समाचार