Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हरिबंश दम्पतीले कोरोनालाई जिते

काठमाडौं । कोरोना संक्रमण भयाबह हुँदै जाँदा समाजमा लब्ध प्रतिष्ठित मानिसहरु पनि कोरोनाको चपेटामा परेका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस स‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् । श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

कोरोना संक्रमण पुष्टि हुनु आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रिप्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल