Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ भदौमा लन्डन जाँदैछन् । उनी चलचित्र गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।
नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर आगामी आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा हुने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको आयोजक चाम्स इन्टरटेनमेन्टले बुधबार सञ्चारकर्मीहरुलाई जानकारी गरायो ।
सोही प्रिमियरमा सहभागी हुन धरानका मेयर हर्क साम्पाङ लण्डन जाने भएका हुन् । मेयर साम्पाङले आफुलाई धरानका विभिन्न परियोजनामा बेलायतबासी नेपालीहरुले धेरै सहयोग गरेकाले प्रिमियरसँगै त्यहाँका नेपालीहरुलाई धन्यबाद ज्ञापन गर्न आफु लण्डन जान लागेको उनले बताएका छन् ।
बुधबार धरान पुगेर मेयर साम्पाङलाई चलचित्र गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले सो प्रिमियरमा निम्तो दिए । सो निम्ता ग्रहण गर्दै उनले लण्डन जाने कुरामा सहमती जनाएका हुन् ।
प्रिमियर शोका लागि निम्तापत्र ग्रहण गर्दै मेयर साम्पाङले अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको भव्य प्रिमियरमा आफुलाई अतिथिको रुपमा निमन्त्रणा गरेकोमा निर्देशक चाम्सलाई धन्यबाद समेत ज्ञापन गरेका छन् ।
यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई निम्ता गरिसकिएको पनि निर्देशक चाम्सले राजधानीलाई बताए । यस्तै प्रिमियरमा विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको उनले बताए । मेयर हर्क साम्पाङसँगै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरका लागि निमन्त्रणा गर्ने काम सुरु गरिसकेको पनि उनले जानकारी गराए ।
यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । यो चलचित्र ‘वार’ जनरामा निर्माण भएको निर्देशक चाम्सले बताएका छन् ।
यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल