Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हर्ट खुश्बुको व्यस्तता बढ्दो

काठमाडौं । कुनै बेलाकी चर्चित र ब्यस्त नायिका खुश्बु खड्काको फेरि रगीन पर्दामा व्यस्तता बढ्न थालेको छ । कोरोना कहरका कारण अन्य क्षेत्रसँगै थला परेको मनोरञ्जन क्षेत्र केही सहज भएसँगै उनको व्यस्तता बढ्न थालेको हो । पछिल्लो समय म्युजिक भिडियोको सुटिङमा उनको सक्रियता बढ्न थालेको हो । अभिनय तथा नृत्यमा पारङ्गत नायिका खुश्बु खड्का यतिबेला दुबाई घुमघाममा रहेकी छन् । घुमघामको क्रममा समुन्द्रि तटमा बिकिनीमा खिचेको हर्ट फोटो आफ्नो फेशबुक मार्फत सार्वजनिक गरेपछि उनि यतिबेला चर्चा छिन् । बिकिनीमा उनि आकर्षक ढंगले खुलेकी छन् । आफ्नी आमालाई बिभिन्न २३ वटा मुलुकको भ्रमण गराई सकेकी नायिका खुश्बुले यो पटक भने बुवालाई घुमाउन दुबाई पुगेकी हुन् । उनि ३० चैत्रमा नेपाल फर्कने कार्यक्रम रहेको छ । केही समय पहिले आकाश श्रेष्ठसंग ‘तिम्ले बोल्ने बोली’ को म्युजिक भिडियोमा देखिएकी नायिका खुश्बु खड्काले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने दीपज्योति, सुकुल गुण्डा, उहिले बाजेको पालामा, सिष्टम, नालायक, गोरे, जुनी लगायत चलचित्रमा काम गरेकी छन् । बहुप्रतिभाशाली नायिका खुश्बु खड्का एक्सन तथा लभ स्टोरी दुबै भुमिकामा जीवन्त अभिनय गर्न सक्षम नायिका हुन् ।